सामाचार :
पालिका स्तरीय स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (HMIS) सम्बन्धी ३ दिने तालिम आज सम्पन्न ।
बारा जिल्लामा पालिका स्तरीय स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (HMIS) सम्बन्धी ३ दिने तालिमको मिति २०७५ मंसिर १८ गते मंगलवारका दिन एक कार्यक्रमका बीच आदर्श कोतवाल गाउँपालिकाको वडा नं. ७ को कार्यालय, कोतवालीमा उदघाटन भएको थियो । उक्त ३ दिने तालिमको आदर्श कोतवाल गाउँपालिका अध्यक्ष तथा उदघाटन कार्यक्रमका प्रमुख मुस्तुफा अंसारीले उदघाटन गर्नुभएको थियो । आदर्श कोतवाल गाउँपालिकाका स्वास्थ्य संयोजक पारस राय यादवको अध्यक्षतामा शुरु भएको उदघाटन कार्यक्रममा विशिष्ठ अतिथि पचरौता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर सिंह, जिल्ला जनस्वास्थ्य तथा अधिकृत रामनरेश यादव, चिउँटाहा स्वास्थ्य चौकीका रामाकान्त साह, आदर्श कोतवाल गाउँपालिकाका सामाजिक शाखा अधिकृत रामबाबु पाल, सचिव अशोक श्रीवास्तव लगायत आदर्श कोतवाल गाउँपालिका तथा पचरौता नगरपालिकाका २० जना स्वास्थ्य कर्मचारीहरुको उपस्थिति रहेका थिए ।
स्वास्थ्य सेवामा सूचनाको महत्वपूर्ण भुमिका रहेको हुदाँ सही सूचना प्रवाहले गर्दा प्रभावकारी र गुण्सतरीय स्वास्थ्य सेवा पुर्याउन सक्ने भन्ने उद्देश्यका साथ शुरु भएको ३ दिने तालिमको योजना गरिएको कार्यक्रम संचालक नवलकिशोर यादवले बताउनु भएको छ । उक्त पालिका स्तरीय स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (HMIS) सम्बन्धी ३ दिने तालिम आज सम्पन्न भएको छ ।