सामाचार :
नेपाल सरकारको अनुदानमा दलित, लोपोन्मुख आदिवासी जनजातिका लागि बायोग्यास प्लान्ट जडान सम्बन्धि सूचना
वैकल्पिक उर्जा प्रवर्धन केन्द्र (AEPC) बाट मिति २०७५/०४/०८ गते कान्तिपुर दैनिक पत्रिकामा प्रकाशित सूचना अनुसार यस आदर्श कोतवाल गाउँपालिका वडाहरु भित्र रहेका सम्पूर्ण दलित, लोपोन्मुख आदिवासी जनजाति लगायतका लक्षित वर्गका लागि घरायसी बायोग्यास (गोबरग्यास) प्लान्ट बनाउन इच्छुक व्यक्तिहरुले आ-आफ्ना वडा कार्यालयमा सम्पर्क राखी निम्न शर्त अनुसार संलग्न नमुना फारम बमोजिमको विवरण भरि यस गाउँपालिका कार्यालयमा मिति २०७५/०४/२५ गते भित्र पठाउनको लागि जानकारी गराईन्छ ।