FAQs Complain Problems

सामाचार :

सामुदायिक विकास कार्यक्रम (CDP) अन्तर्गत परियोजनाहरुको कार्य अवधि समापन गोष्टि कार्यक्रम सम्पन्न !

मिति २०७५ साल आश्विन ८ गते सोमबारका दिन सामुदायिक विकास कार्यक्रम (CDP) अन्तर्गत परियोजनाहरुको कार्य अवधिको समापन गोष्टि आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष श्री मुस्तुफा अंसारी ज्युको अध्यक्षतामा सम्पन्न भएको छ ।

यस बारा जिल्ला नेपाल सरकारको समन्वय र बेलायत सरकारको सहयोग तथा नेपाल ग्रामिण पुनर्निर्माण संस्थाद्वारा संचालित सामुदायिक विकास कार्यक्रम (सि.डि.पी.) विगत २.५ वर्ष देखि साविक गा.वि.स. (पटेर्वा, टेढाकट्टी, इनर्वामाल र लक्ष्मीपुर कोतवाली) हाल आदर्श कोतवाल गा.पा. मा सामाजिक परिचालन, सुशासन, जीविकोपार्जन, विपद न्यूनीकरण र भौतिक पूर्वाधारका विभिन्न क्रियाकलापहरु संचालन भएको र सो परियोजनाको कार्य अवधि सेप्टेम्बर ३०, २०१८ गते अन्त्य हुने भएको जानकारी प्राप्त भए अनुसार तपसिलमा उल्लेखित क्षेत्रका क्रियाकलापहरुको प्रतिवेदन यसै आदर्श कोतवाल गाउँपालिकाको कार्यालयमा सि.डि.पी. बारा कार्यालय मार्फत हस्तान्तरण भईसकेको व्यहोरा जानकारी गराउदै तपसिलका प्रतिवेदन बुझिलिए ।

तपसिल :

१.         सम्पूर्ण नागरिक सचेतना केन्द्रको विवरण / प्रतिवेदन ।

२.         जीविकोपार्जन सुधार योजना र सीपमूलक / व्यवसायिक तालिमका प्रतिवेदन ।

३.         सुशासन क्रियाकलाप अन्तर्गत रहेका सम्पूर्ण क्रियाकलापहरुको विवरणका साथै प्रतिवेदन ।

४.         गरीवीका अन्तर्निहित कारणहरुको विश्लेषण रिपोर्ट ।

५.         विपद जोखिम न्यूनीकरणको सम्पूर्ण कागजात र प्रतिवेदन ।

६.         भौतिक पूर्वाधार (टेढाकट्टी स्वास्थ्य चौकी भवन, स्ल्याब कल्भर्ट, लक्ष्मीपुर कोतवालीको स्वास्थ्य चौकी, पटेर्वाको विद्यालय भवन, इनर्वामाल विद्यालय भवन, फर्निचर सहयोग) को सम्पूर्ण विवरण र प्रतिवेदन ।

यस आदर्श कोतवाल गाउँपालिकामा नेपाल ग्रामिण पुनर्निर्माण संस्थाद्वारा संचालित सामुदायिक विकास कार्यक्रमले सामाजिक परिचालन, आर्थिक विकास, पूर्वाधार निर्माण र विपदका क्षेत्रमा पुर्याएको योगदानलाई उच्च मुल्यांकन गर्दै यस गाउँपालिकाद्वारा CDP बाराका संयोजक श्री विपिन दासलाई सम्मान पत्र प्रदान गरियो । साथै संस्थाको उत्तरोतर प्रगतिको कामना समेत गरिएको छ ।

उक्त कार्यक्रम समापन गोष्टिमा गाउँपालिका उपाध्यक्ष श्री पुनम देवी साह, प्र.प्र.अ. श्री सूर्यप्रसाद आचार्य, वडा नं. १ – ८ का वडा अध्यक्षहरु, सामाजिक परिचालक ललिता कुमारी कर्ण, सूचना अधिकारी महेन्द्र प्रसाद कुशवाहा, युवा नेता लालबहादुर साह, रमाकान्त साह लगायतका उपस्थिति रहेका थिए ।

आर्थिक वर्ष: