FAQs Complain Problems

सामाचार :

आदर्श कोतवालको सडक निर्माण कार्यमा अनुगमन

बारा जिल्लाको आदर्श कोतवाल गाउँ पालिका को वाडा नं. ४ मा ग्रेबल गरि ढालान भईरहेको बाटो को अनुगमन गरिएको छ । १२ लाखको लागतमा २२० मिटर लम्बाई , १० फिट चौडाई र ६ इन्च मोटाई रहेको छ । बाटो निर्माण भैरहेको मा निर्माण कर्ता कुनै किसिमको कमी कमजोरी गरीरहेको छ कि छैन भनेर अनुगमन गर्न जादा कुनै किसिमको कमी कमजोरी नरहेको र त्यहि वाडा नं. ४ का गिता देबि र सहिमा खातुन भनछिन कि पहिले, बाटो बिग्रेको थियो जसले गर्दा बिरामी लाई उपचार गराउन लग्दा वा कुनै काम काज गर्न अप्ठ्यारो हुनेगरेको थियो र सब भन्दा बढी अलिकति पनि बर्षात हुदा स्कुलमा जाने सानो बालबालिकालाई  अप्ठ्यारो हुन्थ्यो । अब यो बाटो ढलान ले राम्रो भएको छ भन्दै स्थानियबासीले अत्यन्त खुसी भएका छन् । भन्छन्  हामी लाई यस्तै बिकास चाहिन्छ । अनुगमन कर्ता मा आदर्श कोतवाल गाउँपालिका प्रमुख मुस्तुफा अन्सारी, गा. पा. का कार्यकारी प्रमुख प्रशासकीय अधिकृत  महेन्द्र प्रसाद कुशवाहा, वाडा नं. ४ का वाडा अध्यक्ष शेख जवाहिर, बलिराम, रामबाबु पाल, युवा नेता लालबहादुर शाह लागायत का प्रतिनिधिहरु थिए ।

आर्थिक वर्ष: