सामाचार :
गरिब परिवार पहिचान कार्यक्रम अन्तर्गत प्रकाशित गरिब परिवारको सूची उपर गुनासो दर्ता गराउने सम्बन्धी ३ दिनको लागि म्याद थप गरिएको सूचना - श्री वडा कार्यालयहरु सबै, श्री सरोकारवालाहरु सबै ।
श्री वडा अध्यक्षज्यू सबै, आदर्श कोतवाल - आफ्नो वडा भित्र कार्यालय सहयोगी वा चकुदार मार्फत टोल-टोलमा सूचना प्रवाह गराईदिनु हुन अनुरोध छ ।
नोटः नामावली यसै साथ संलग्न छ । गरिब परिवारको नामावलीमा आफ्नो नाम छुट भएको व्यक्तिहरुले ३ दिन भित्र (मिति २०८०/०१/२४ देखि २०८०/०१/२६ गते भित्र) गाउँपालिका कार्यालयमा गुनासो सुनुवाई अधिकारी समक्ष निवेदन पेश गर्नुहुन अनुरोध छ ।
फेरी विवरण दर्ता गराउन छुटेमा त्यसको जिम्मेवार स्वयम सेवाग्राही हुनेछ ।