FAQs Complain Problems

सामाचार :

नागरिकता र प्रतिलिपि सिफारिस ।

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र ।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष, वडा सदस्य, वडा सचिव र सम्बन्धित कर्मचारी ।
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय ।
सेवा शुल्क: 
रु. १००/- (एक सय मात्र) ।
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र र आमा र बुबाका नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

२) जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि ।

३) विवाहित महिलाको हकमा पति र आमा र बुबाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

४) चारित्रीक प्रमाणपत्रको प्रतिलिपि (बिद्यार्थीका हकमा) ।

५) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (बिबाहिताका हकमा) ।

६) बसाँई सरी आएको हकमा बसाँइ सराईको प्रमाणपत्रको प्रतिलिपि ।

७) दुवै कान देखिने पासपोर्ट साईजका फोटो २ प्रति ।

८) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण

स्वीकृत भएको कागजात ।

९) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस ।

१०) प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि ।

प्रक्रिया: 

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने ।

२) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ।

३) निवेदन दर्ता गर्ने ।

४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने ।

५) निवेदकले तोकिएको शुल्क बुझाउने ।

६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने ।

७) तोकिएको ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्ने ।