सामाचार :
पोषणयुक्त खाद्य सामाग्री तथा करेसाबारी सम्बन्धि एक दिने तालिम सम्पन्न ।
यस आदर्श कोतवाल गाउँपालिका वडा नं. ७ मा पोषणयुक्त खाद्य सामाग्री उत्पादन तथा करेसाबारी सम्बन्धि एक दिने तालिम सम्पन्न भएको छ । पोषण तथा खाध सुरक्षा निर्देशिकाका अध्यक्ष अलिउलाह अन्सारीको अध्यक्षतामा भएको तालिममा कुपोषणबाट बच्न गर्भवती महिलाले हजार दिन सम्म खानुपर्ने खाद्यान्न बारे जानकारी गराइएको हो । आदर्श कोतवाल गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष अन्सारीको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला समन्वय समितिका विन्देश्वरी ठाकुर, स्वास्थ्य चौकी प्रमुख फसल बहादुर शाही, वडा सचीव अशोक श्रीवास्तव, गाउँपालिका स्वास्थ्य सहसहयोजक पारस राय यादव लगायत ४० जनाको सहभागीता रहेको थियो ।