सामाचार :
२७ अौं अन्तरराष्ट्रिय अपाङ्गता दिवस - २०१८ मनाईयो ।
मिति २०७५ साल मंसिर १७ तद्अनुसार डिसेम्बर ३, २०१८ गतेका दिन 'शीप, क्षमता, अवसर, अधिकार, अपाङ्गता भएका ब्यक्तिहरुको सशक्तिकरण हाम्रो सरोकार' प्रदेश नं. २ को नाराका साथ आदर्श कोतवाल गाउँपालिकामा २७ अौं अन्तरराष्ट्रिय अपाङ्गता दिवस मनाईएको छ । उक्त अपाङ्गता दिवस कार्यक्रम यस गाउँपालिकाको सहयोगमा नेपाल अपाङ्ग सेवा संघ, बारा ईकाइ समिति आदर्श कोतवाल गा.पा. द्वारा आयोजित गरिएको थियो । यस अपाङ्गता दिवस कार्यक्रममा गाउँपालिका उपाध्यक्ष श्रीमती पुनम देवी साह, वडा अध्यक्ष धर्मेन्द्र यादव, युवा नेता लालबहादुर साह लगायत अन्य ब्यक्तिहरुको उपस्थिति रहेका थिए ।