सामाचार :
सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिहरुले २०७५ भदौ मसान्त भित्र नविकरण गर्ने सम्बन्धि सूचना !!!
यस आदर्श कोतवाल गाउँपालिका वडा नं. १ देखि ८ सम्म सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत भत्ता खाई पाई आएका दलित ज्येष्ठ नागरिक, ज्येष्ठ नागरिक अन्य, ६० वर्ष पुगेका एकल महिला, विधवा महिला, पूर्ण अपांग, आंशिक अपांगहरु र ५ वर्ष मुनिका दलित बालबालिकाहरुले मिति २०७५ भदौ १ गते देखि २०७५ भदौ मसान्तभित्र तपसिलका कागजातहरु पेश गरि आ-आफ्नो वडा कार्यालयमा सम्पर्क राखी तुरुन्तै नविकरण गराई लिनु हुन अनुरोध छ |