सामाचार :
आदर्श कोतवाल गाउँपालिकामा विश्व चर्पी दिवस (World Toilet Day) - २०१८ मनाइयो !
आज मिति २०७५/०८/०३ गते सोमबार तदनुसार 19 November, 2018 तारिखका दिन युनिसेफको सहयोग तथा आदर्श कोतवाल गाउँपालिकाको समन्वयमा "चर्पी – हाम्रो प्रकृतिक आवश्यकता" (When Nature Calls, We Need a Toilet) भन्ने नाराका साथ सबैको लागि सरसफाई तथा खानेपानी तिब्रता कार्यक्रम (Accelerating Sanitation and Water for All – ASWA-II) को लागि यस आदर्श कोतवाल गाउँपालिकाको श्री राम चरित्र माध्यमिक विधालयको प्रधानाध्यापक श्री दिनेश प्रसाद साहज्यूको अध्यक्षतामा विश्व चर्पी दिवस (World Toilet Day) - 2018 मनाईएको छ। सो दिवसमा आदर्श कोतवाल गाउँपालिकाका उपाध्यक्ष पुनम देवी साह, वडा नं. १ वडाअध्यक्ष राजेन्द्र पटेल, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद आचार्य, लेखापाल जयप्रकाश महतो, सामाजिक शाखा प्रमुख रामबाबु पाल, स्वास्थय संयोजक पारस राय यादव, रामाकान्त साह, शिक्षक कमोद कुमार कर्ण, राजकुमार कुश्वाहा, जितेन्द्र गिरी, बहुबृद्ध म्यनेजर प्रसाद यादवका उपस्थिति रहेका थिए भन्ने युनिसेफका पालिका वास संयोजक कृष्णकान्त पंडितको सहजिकरणमा विश्व चर्पी दिवस सम्पन्न भएको छ।