सामाचार :
इलाका प्रहरी कार्यालय, महेन्द्र आदर्श, बाराद्वारा १५० लि. घरेलु मदिरा नष्ट !!!
इलाका प्रहरी कार्यालय, महेन्द्र आदर्श, बाराबाट प्र.ना.नि. अशोक कुमार कुर्मीको कमान्डमा खटि गएको टोलीले आज मिति २०७५-०५-०५ गते आदर्श कोतवाल गाउँपालिकाको हरनहिया चौक, पटेर्वा चौक, रुपौलिया चौकमा भठ्ठी पसलहरु बाट चेकजाच गर्ने क्रममा घरेलु मदिरा १५० लि. नियन्त्रण गरेको छ र निज पसलेहरुलाई यस प्रकारको गतिविधि नगर्न सचेत गराईएको छ । उक्त बरामत मदिरा यस गाउँपालिकाको अध्यक्ष मुस्तुफा अन्सारी, वडा नं. ४ का वडा अध्यक्ष शेख जवाहिर, न्यायिक समितिका सदस्य उमाकान्त साह, युवा नेता लालबहादुर साह, मुन्ना पटेल लगायतका व्यक्तिहरुको रोहवरमा नष्ट गरिएको छ ।